काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको छ। ड्राइभिङ सेन्टरले ब्लुबुक नभएका र नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।
प्रहरीले छापा मार्दा ड्राइभिङ सेन्टरमा रहेका अधिकांश सावारी साधनहरु पाँच वर्षभन्दा बढी समय नवीकरण नगरिएका र कतिपय सवारी साधनहरूको कागजपत्र समेत नभएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको छ ।