महेश बस्नेत विरुद्धको जाहेरी तामेलिमा, पहुँचवाला नेता भएकै आधारमा बलात्कारको आरोपीलाई उन्मुक्ति

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतविरुद्ध परेको जबरजस्ती करणी आरोपको किटानी जाहेरीमाथि प्रहरीले अनुसन्धान नै नगर्ने भएको छ ।

प्रारम्भिक अनुसन्धानमा जाहेरीअनुसार तथ्य नमिलेपछि थप अनुसन्धान तत्काल नगर्ने गरी तामेलीमा राख्न काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो । मुद्दा नचलाउन, थप अनुसन्धान नगर्न र दाषिलाई उन्मुक्ति दिन जाहेरीलाई तामालेमी राखिन्छ । आवश्यक प्रमाण पुर्याएको र प्रहरीले चाहेको बेला अनुसन्धान गर्ने गरी तामेली भनिएपनि उन्मुत्तिकै लागि गर्ने गरिएको छ ।

काठमाडौं प्रहरीले गरेको सिफारिस अनुसार जाहेरीलाई तामेलीमा राख्ने निर्णय सरकारी वकिल कार्यालयबाट भइसकेको छ । ‘प्रथम दृष्टिमा जाहेरीमा भनिएजस्तो देखिएन भन्ने प्रहरीको भनाइ छ । ‘अनुसन्धान अधिकृतको सिफारिस अनुसारको निर्णय सरकारी वकिलबाट भएको छ ।’

बस्नेतविरुद्ध पीडित भनिएकी महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएकी थिइन् । सरकारी वकिलले अनुसन्धान गर्न भन्दै उक्त जाहेरी जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको थियो ।

तर, प्रहरीले अनुसन्धानका क्रममा जाहेरीमा भनिएअनुसार जबरजस्ती करणीमा संलग्न भएको आधारहरु नभेटिएको भनेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, सरकारी वकिल र प्रहरीबीच छलफलपछि जाहेरीमा प्रस्तुत विषयहरु तथ्यसंगत नदेखिएपछि तामेलीमा राख्ने निर्णय भएको हो ।

जाहेरीवा पीडितले भने महेश बस्नेतले आफूहरु प्रेम सम्बन्धमा रहेको भएपनि बस्नेतले झुक्याएर बलात्कार र गर्भपतन गराएको जिकिरसहित किटानी जाहेरी दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज