स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने पाठ्यक्रम विकास केन्द्रको चेतावनी

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृति बिनाको विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । केन्द्रले मंगलबार सूचना जारी गर्दै केही विद्यालयले कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी स्वीकृत नभएका विदेशी पाठ्यपुस्तकहरू प्रयोग गरिरहेको भन्ने विभिन्न सञ्चार माध्यमबाट प्रकाशित समाचार तथा अभिभावकहरुको गुनासोले केन्द्रको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो चेतावनी दिएको हो ।

सूचनामा कानुनी व्यवस्था विपरीत पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक तथा विदेशी पाठ्यपुस्तकहरु प्रयोग नगर्न नगराउन सबै विद्यालय तथा अभिभावकलाई अनुरोध गरेको छ ।

केन्द्रले सबै स्थानीय सरकार एवं शिक्षा विकास तथा समन्वय इकाइहरुलाई अनुगमन गर्न र अनुगमनको क्रममा कानुनी व्यवस्था विपरीत पाठ्यपुस्तक प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गर्न समेत अनुरोध गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज