जलाधार व्यवस्थापन अधिकृत पाल अख्तियारको नियन्त्रणमा

काठमाडौं । सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई नियन्त्रणमा लिएको छ ।

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण भन्दै बुधबार अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालञ्जको टोलीले पाललाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलिले पालको साथबाट १ हजार ५ रुपैयाँसमेत बरामद गरेको छ । सेवाग्राहीसँग घुस लिएको सम्बन्धमा पालमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज