नेपालमा सम्बन्ध विच्छेद अस्वभाविक रुपमा बढ्यो, वार्षिक ३७ हजारको बिग्रियो घरबार

काठमाडौं । नेपालमा सम्बन्ध विच्छेद अस्वभाविक रुपमा बढेको छ । श्रीमान र श्रीमतिबीच हुने सानो ठाकठुक, असझदारी, झैझगडादेखि बेमेलसम्मले सम्बन्ध विच्छेदका घटना बढाएको छ । आर्थिक सर्वेक्षणका अनुसार नेपालमा सम्बन्ध विच्छेदको घटना वार्षिक ३७ हजार नाघ्न थालेको छ ।

१० वर्ष अगाडि विसं २०७० मा जम्मा ३९४ वटा मात्रै सम्बन्धविच्छेद भएकोमा अहिले बढेर ३७ हजार पुगिसकेको छ । पछिल्लो १० वर्षमा देखिएको सम्बन्धविच्छेदले नेपालमा पारिवारिक मिलनभन्दा बिछोड बढ्न थालको तथा आपसी असमझदाीले पति र पत्निबीच सम्बन्ध विच्छेदसम्म हुने गरेको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार विस २०७० सालमा ३९४ वटा सम्बन्ध विच्छेद भएका थिए । २०७१ मा १३ सय ७५ वटा, २०७२ मा १ हजार ६५ वटा, २०७३ मा २ हजार २८३ वटा, २०७४ मा २ हजार ७७६ वटा, २०७५ मा ३ हजार ९३५ वटा, २०७६ मा ५ हजार ८४६ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएको देखिएको छ ।

२०७७ मा ६ हजार ६४४ वटा, २०७८ मा १४ हजार २७९ वटा, २०७९ मा १८ हजार ३४० वटा र २०८० मा ३७ हजार सम्बन्ध विच्छेद भएको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज