बहुमतले पारित भयो कोशी प्रदेशको मुख्यमन्त्री हटाउने संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशसभामा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव शुक्रबार बहुमतले पारित भएको छ । संकल्प प्रस्तावको पक्षमा ५२ सांसद र मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसदले मत दिएका थिए । कांग्रेस सांसदहरू भने मत विभाजनमा सहभागी भएनन् ।

सभामुख अम्बरबहादुर विष्टले संकल्प प्रस्ताव बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराएका थिए । सभामुखले संकल्प प्रस्ताव पारितपछि प्रदेशसभाको विशेष अधिवेशनको औचित्य समाप्त भएको भन्दै अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज