सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुङ्गोमा पुग्छन्ः मन्त्री गिरी 

 काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । धुलिखेलमा राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धी कानुन संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाबारे भएको छलफलमा मन्त्री गिरीले यस्तो धारणा राखेका हुन ।

कार्यक्रममा बोल्दै मन्त्री गिरीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा धेरै कुरामा सहमति जुटिसकेको बताउँदै संसद्का सबै दलहरू यो प्रक्रियालाई चाँडै टुङ्गोमा पुर्‍याउनुपर्ने पक्षमा रहेको  बताए । उनले भने, समयमै टुङ्गोमा पुर्‍याउन नसक्दा पीडितले न्याय नपाउने र अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठिरहने अवस्था आएको छ । त्यसैले यो विषय चाँडै टुङ्गोमा पुग्छ ।

मन्त्री गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा रिक्त पदाधिकारीहरूको नियुक्ति गरिनुपर्ने बताए यसका लागि मानवअधिकार आयोगका पदाधिकारीहरूलाई पदाधिकारी सिफारिस गर्न बनेको समितिमा चाँडै प्रतिनिधि पठाउन समेत उनले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज