बहुविवाह किन गर्न हुँदैन ? यस्तो छ कानूनी कारवाहीको व्यवस्था

काठमाडौं । विवाहित लोग्ने मानिसले घरमा एउटी स्वास्नी हुँदाहुँदै अर्की स्वास्नी ल्याएमा वा राखेमा त्यो बहुविवाह हुन्छ । बहुविवाह महिलाहरुप्रति गरिने हिंसा हो । लोग्ने मानिसले बहुविवाह गरेपछि महिलामाथि विभिन्न प्रकारका शारीरिक तथा मानसिक यातना हुन्छ । जसले गर्दा बेमेल उत्पन्न हुने, घरायसी झैझँगडा बढ्ने र बालबालिकाहरुसमेत पीडित हुन्छन ।

बहुविवाह गरेमा के कति सजायँ हुन्छ?
घरमा स्वास्नी हुँदाहुँदै लोग्नेले अर्की स्वास्नी त्यसरी ल्याएमा दोस्री (कान्छी) स्वास्नीको विरुद्धमा प्रहरीमा उजुरी दिनुपर्दछ । यसरी उजुरी दिएमा लोग्ने र कान्छी (सौता) दुवैलाई सजाय हुन्छ भने दोस्रो श्रीमतिको विवाह रद्द त्यसै दिनदेखि हुन्छ । यस्तोमा दुबैलाई १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म सजाय हुन्छ ।

बहुविवाहको अपराधमा कहिलसम्ममा उजरी गर्न सकिन्छ?
बहुववाह भएको थाहा पाएको मितिले ३ महिनाभित्रमा उजुरी गर्न जानुपर्छ ।

लोग्नेले कुन अवस्थामा बहुविवाह गर्न सक्छ ?
(क) स्वास्नी निको नहुने गरी यौन सम्बन्धी कुनै
सरुवा रोगबाट पीडित भएमा,
(ख) स्वास्नी निको नहुने गरी बौलाहा भएमा,
(ग) स्वास्नी दुवै आँखा नदेख्ने गरी अन्धी भएमा,
(घ) स्वास्नी हिँडडुल गर्न नसक्ने गरी कुँजी भएमा,
( ङ) स्वास्नीले लोग्नेबाट अंशभाग लिइ भिन्न बसेमा,
(च) लोग्नेसँग स्वास्नीले सम्बन्ध विच्छेद गरेमा ।

तर, लोग्ने मान्छेले अर्की श्रीमती विवाह गर्दा स्वास्नी निको नहुने गरी बौलाएको र अंश लिइ भिन्न बसेकोमा बाहेक अन्य अवस्थामा स्वास्नीको सहमति लिनुपर्ने हुन्छ ।

बहुविवाहको अपराधमा कसले उजरी गर्ने ?
यस्तो अपराधमा पीडित स्वास्नी आफैंले छरछिमेक आफन्त जो सुकैले पनि उजुरी दिन सक्छन् । यस्तो उजुरीलाई जाहेरी दरखास्त भनिन्छ ।

बहुविवाहको अपराधमा कहाँ उजुरी दिने ?
बहुविवाहको उजुरी आफू बसोबास गरेको ठाँउ नजिकैको प्रहरी चौकिमा उजुरी दिनुपर्छ ।

के दोस्री श्रीमतीले अंश पाउन सक्छिन?
दोस्रो श्रीमतीले (कारवाही भए पनि नभए पनि) पनि पहिली श्रीमतीले जस्तै श्रीमानको सम्पत्तिबाट बराबर अंश पाउन सक्दछिन् ।

बहुविवाहपछि के परिणाम हुनसक्दछ?
श्रीमानले बहुविवाह गरेमा पहिली श्रीमतीले लोग्नेलाई सजायँ गराउन सक्छिन्, लोग्नेसँग सम्बन्ध विच्छेद गर्न सक्छिन्, लोग्नेबाट अंश लिइ भिन्न बस्न सक्छिन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज