कतार र नेपालबीच ५ वटा सम्झौतामा हस्ताक्षर हुने, प्राथमिकतामा परेन श्रमीक कामदारको हितमा हुने सहमति

काठमाडौं। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालमा भ्रमणमा भएको बेला नेपाल र कतारबीच विभिन्न वटा सम्झौता हुने भएको छ । आज बुधबार बत्तिसपुतलीको होटल द्वारिकाजमा दुई मुलुकबीच सम्झौता हुने तय भएको छ । कतारी राजा मंगलबारमात्रै बगंलादेशसँग दुई पक्षीय पाँच वटा सम्झौता गरेर नेपाल आइपुगेका हुन् ।

कतारका सम्बन्धित मन्त्राललय र नेपलाका मन्त्रालयका प्रतिनिधिले कतारका राजा र नेपालका प्रधानमन्त्रीको सम्मुपस्थितिमा यस्तो सम्झौता गर्ने भएका छन् । सम्झौताका लागि ड्राफ्ट भ्रमण अगाडि नै बनिकसकेकोले आज सहमतिबाट अन्तिम रुप पाउने जानकारी परराष्ट मन्त्रालयले दिएको छ ।

कतारले मंगलबार बंगलादेश सरकारसँग लगानी, श्रम र बन्दरगाह व्यवस्थापनलगायतका विभिन्न विषयमा सहयोग विस्तार गर्ने गरी पाँच वटा सम्झौता गरेको छ भने नेपालसँग पनि पाँच वटै समझदारी पत्रमा हस्ताक्षर गर्ने गरी तयारी भएको छ ।

नेपालमा पनि पाँच वटा सम्झौतामा हस्ताक्षर हुने हुने परराष्ट मन्त्रालयका एक अधिकारीले बताए । ति अधिकारीका अनुसार कतारी राजाको भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने छ ।

दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने भएको छ । यसले दुई देशबीचको शिक्षा संयन्त्रमा दुरगामी महत्व राख्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भनाइ छ ।

कतारी राजाको भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बिच समाचार आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । जसले गर्दा दुई देशको समाचार तथा सूचना आदन प्रधानमा महत्वपूर्ण कोशेढुंगा स्थापित हुने भएको छ ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ । कतारमा हाल झन्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका अमिर थानी आजै नै अपराह्न स्वदेश फर्किने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज