काठमाडौं । सर्वोच्च अदालतमा बुधबार ३ सय ३० वटा मुद्दा दैनिक पेशी सुचीमा चढेकोमा ६२ वटा मात्रै मुद्दा फैसला भएका छन । जुन प्रतिशतमा हिसाब गर्दा १८.७९ प्रतिशत हो ।
सर्वोच्च अदालतका अनुसार २०२ वटा मुद्दा हेर्न नभ्याइने सूचीमा रहेका छन । जुन ६१.२१ प्रतिशत हो । ३ वटा मुद्दा हेर्दा हेर्दैमा, १८ वटा मुद्दामा आदेश, ३९ वटा मुद्दा स्थगित र ६ वटा मुद्दा हेर्न नमिल्ने सूचीमा रहेका छन् ,
सर्वोच्च अदालतमा विहीबार साप्ताहिक पेशी सुचीमा १५५ वटा मुद्दा चढेका छन ।