काठमाडौं । मन्त्रिपरिषदले सहकारीको सहकारीहरुमा देखिएको समस्या समाधान गर्न विद्यमान कानुनबाट नहुने निष्कर्ष निकाल्दै तत्काल आवश्यक कानुन बनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीमा अहिले देखिएको समस्या सामान्य नियमित प्रक्रियाबाट समाधान हुँदैन भन्ने निष्कर्षमा पुगेर छिटो भन्दा छिटो कानुनी व्यवस्था गर्नुपर्ने देखिएकोले कानुन र संरचना फास्ट ट्रयाकबाट ल्याउनुपर्ने आवश्यकता रहेको बताइन ।
‘मुलुकभर सहकारी समस्याका बारेमा कुरा उठेको छ। सहकारीबारे आज मन्त्रिपरिषद बैठकमा पनि गम्भीरतापूर्वक छलफल भयो,’ उनले भनिन्, ‘तत्काल कानूनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने निर्णय भएको छ।’