काठमाडौं । सर्वोच्च अदालतमा मुद्दा फैसलाको अवस्था निकै टिठ लाग्दो पाइएको छ । दैनिक पेशीमा चढेका अत्यन्तै न्यून मुद्दा मात्रै फैसला हुँदा यसले न्यायिक निरुपणमा चुनौती सिर्जना गरेको छ । सर्वोच्च अदालतमा विहीबार ६ सय ३६ वटा मुद्दा दैनिक पेशी सुचीमा चढेकोमा ५९ वटा मात्रै मुद्दा फैसला भएका छन । जुन प्रतिशतमा हिसाब गर्दा ९.२८ प्रतिशत हो ।
सर्वोच्च अदालतका अनुसार २५४ वटा मुद्दा हेर्न नभ्याइने सूचीमा रहेका छन । जुन ३९.९४ प्रतिशत हो । ३ वटा मुद्दा हेर्दा हेर्दैमा, ३०५ वटा मुद्दामा आदेश, १० वटा मुद्दा स्थगित र ६ वटा मुद्दा हेर्न नमिल्ने सूचीमा रहेका छन् ,