गृहमन्त्रीविरुद्धको रिट निवेदन सर्वोच्चद्धारा दरपीठ

काठमाडौं । गृहमन्त्री रवि लामिछाने विरुद्ध दायर रिट निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको छ । सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै युवराज सफलले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले दरपिठको आदेश गरेका हुन् ।

निवेदकले रिट निवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई विपक्षी बनाएका थिए ।

आदेशमा भनिएको छ, निवेदकको के कुन हक अधिकार कसरी हनन् हुन गएको हो, स्पष्ट खुलाउनु पर्नेमा सो उल्लेख भएको देखिएन, रिट निवेदकको माग साधारण अधिकार क्षेत्र प्रयोग गरी उपचार खोज्न सकिने हुँदा प्रस्तुत निवेदन दर्ता गर्न मिलेन ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज