सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनी थुनामुक्त भएका हुन ।

एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम जम्मा नगरेपछि उनी जेल चलान भएका थिए । शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज