काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय र १२ करोड ८४ लाख विगो र त्यसको दोब्बर अर्थात २५ करोड ६९ लाख जरिवाना हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार न्यौपानेलाई सम्पत्ति सुद्धिकरण कसुरमा दोषी ठहर गरेको हो ।
न्यौपानेको उमेर अवस्था एवं स्वास्थ्य स्थिति, आर्थिक, सांस्कृतिक पृष्ठभूमि, पारिवारिक संख्या, कसुर गरेको अवस्थार स्थिति लाईसमेत मध्यनजर गरेर उनलाई सहुलियतपूर्वक सजाय निर्धारण गरिएको विशेष अदालतले जनाएको छ ।
न्यौपानलेलाई सम्पत्ति सुद्धिकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को दफा ३० को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना तोकिएको हो ।