काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिएका छन् । जीबी राई समूहले सञ्चालन गरेको उक्त सहकारीबाट करिब १ अर्ब बचत रकम फिर्ताको माग गर्दै आइतबार प्रहरी वृत्त कालीमाटीमा ५ सय २८ जनाले उजुरी दिएका हुन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संघर्ष समितिका अध्यक्ष सुमन खनालका अनुसार उजुरी दर्तापछि थप पीडितहरू सम्पर्कमा आएका छन् । ‘थप ५० ६० जनाको उजुरी प्राप्त भएको उनले बताए । यसरी पछाडी प्राप्त भएका उजुरीहरुलाई समेत संकलन गरेर प्रहरीमा बुझाइने उनले बताए ।
बचतकर्ताले प्रहरीमा उजुरी गरेपनि प्रहरीले स्वर्णलक्ष्मी सहकारी प्रदेशअन्तर्गत भएकाले उजुरी दर्ता गर्न प्रदेशको सिफारिस मागेकोले सिफारिश ल्याउने काम भइरहेको पीडितहरुले बताएका छन् । प्रहरीले उजुरी अध्ययनको क्रममा रहेको र प्रक्रिया पुगे नपुगेको बारे अध्ययन गरेपछि मात्रै उजुरी दर्ता गर्ने प्रहरीले जनाएको छ ।