संकल्प प्रस्ताव गैरसंवैधानिक भएको मुख्यमन्त्री कार्कीको जिकिर, गैरसंवैधानिक अभ्यास नगर्न प्रदेश प्रमुखलाई बुझाए पत्र

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव गैरसंवैधानिक भएको जिकिर गर्दै प्रदेश प्रमुख परशुराम खापुङलाई गैरसंवैधानिक अभ्यास नगर्न अनुरोध गरेका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई तीन पृष्ठ लामो पत्र बुझाउँदै यस्तो अनुरोध गरका हुन ।

कार्की संविधानको धारा १६८९५० अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले २६ चैतमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनका लागि कोशी प्रदेश सभाको विशेष अधिवेशनमार्फत २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका छन् । नभए वैकल्पिक सरकार गठनका लागि प्रदेश सभा समक्ष रहेको भन्दै २५ वैशाखपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रमुख प्रमुखलाई सन्देश समेत प्रवाह गर्न प्रदेश सभा सचिवालयलाई भनिएको छ ।

मुख्यमन्त्री कार्कीले पत्रमा प्रदेश सभाबाट पारित भएको संकल्प प्रस्ताव गैरसंवैधानिक भएको जिकिर गरेका छन् । उनले पत्रमा भनेका छन, संविधानको मर्म र भावनाविपरीत धारा १६८ को कुनै उपयुक्त धारा प्रयोग गरी सरकार निमार्ण गर्नु भन्ने आदेशात्मक अभिप्रायले संकल्प प्रस्ताव ल्याइएको छ । उनले भनेका छन्, संवैधानिक रुपमा रहेको प्रदेश प्रमुखले अझ गम्भीर भई संविधानको मर्म एवं भावनाको संरक्षण गर्न क्रियाशील हुनुपर्ने अवस्था रहेको व्यहोरा नेपालको संविधानको धारा १७३ बमोजिम जानकारी गराउँदछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज