समस्याग्रस्त सहकारीको अध्यक्षमा श्रीमणकुमार गौतम नियुक्त

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवसथापन समिति अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको छ ।

तत्कालीन अध्यक्ष काशीराज दाहालको चैत २२ गते कार्यकाल सकिएपछि सरकारले अध्यक्षमा गौतम नियुक्त गरेको हो ।

अध्यक्षमा नयाँ अध्यक्ष आएपनि रिक्त २ पदाधिकारी भने नियुक्त हुन बाँकी छ । सहकारी ऐन २०७४ मा समस्याग्रस्त सहकारीको सम्पत्ति खोजबिन तथा दायित्व फरफारकका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको व्यवस्था गरिएको छ । ऐनको व्यवस्थाअनुसार संघीय सरकारले २०७४ पुस २९ गते ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज