भारतका प्रधानन्यायाधीश नेपालको औपचारिक भ्रमणकाक्रममा काठमाडौंमा

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा भारतका प्रधानन्यायाधीश डा.डीवाई चन्द्रचूड नेपालको औपचारिक भ्रमणमा लागि शुक्रबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका न्यायाधीश चन्द्रचुढलाई बरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराईले स्वागत गरेका थिए ।

सर्वाेच्च अदालतद्वारा जारी विज्ञप्ति अनुसार भ्रमण दलमा प्रधानन्यायाधीश चन्द्रचूडका साथै उनकी श्रीमती कल्पना दास, भारतीय सर्वोच्च अदालतका न्यायाधीश राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा रहेका छन् ।

प्रधानन्यायाधीश चन्द्रचूडले शनिबार केन्द्रीय बाल न्याय समन्वय समितिले आयोजना गर्ने कार्यक्रमलाई मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने बताइएको छ । भोलि साँझ नै दुई देशका प्रधानन्यायाधीशबीच भेटवार्ता हुने कार्यक्रम छ ।

भेटवार्तापछि प्रधानन्यायाधीश श्रेष्ठले चन्द्रचूडको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । प्रधानन्यायाधीश चन्द्रचूड वैशाख २३ गते स्वदेश फर्किने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज