उद्योग वाणिज्य कानून व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न, अधिवक्ता सम बहादुर भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं  । उद्योग वाणिज्य क्षेत्रमा क्रियाशील कानून व्यवसायीहरुको संस्था उद्योग वाणिज्य कानून व्यवसायी संघको प्रथम साधारण सभा, नेपाल बार एशोसिएशनको सभाहल, रामशाहपथ, काठमाडौँमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि नेपाल सरकारका माननीय महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको अध्यक्षता संस्थाका तदर्थ समितिका अध्यक्ष अधिवक्ता सम बहादुर भट्टले गर्नु भएको थियो ।

सभामा नेपाल बार एशोसिएशनका उपाध्याक्ष अधिवक्ता हर्क रावल, महासचिव अधिवक्ता अन्जिता खनाल, सचिव अधिवक्ता भरत लकाई, सचिवालय सदस्यहरु सर्वोच्च बार एशोशिएनका उपाध्यक्ष, विशेष बार एशोसिएशनका अध्यक्ष, काठमाडौँ जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता आरसी बिमल, उपाध्यक्ष पुरुषोत्तम अधिकारी एवं ललितपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रमख अतिथि माननीय महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले उद्योग वाणिज्य क्षेत्र देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योग वाणिज्य क्षेत्रमा कानून निर्माण गर्दा उपेक्षा गरिएको र उद्योग वाणिज्य क्षेत्रमा भएका समस्याहरुका समाधानका लागि यस संस्थाले अहम् भूमिका निर्वाह गर्नु पर्ने र राज्यलाई उद्योग वाणिज्य क्षेत्रमा विश्वव्यापी उद्योग वाणिज्य क्षेत्रका कानूनी अवधारण, मूल्य र मान्यताका आधारमा कानुन निर्माण गर्न उत्प्ररेरित गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

प्रथम साधारण सभाबाट उद्योग वाणिज्य कानून व्यवसायी संघको आगामी कार्यकालका लागि निर्वाचनका माध्यमबाट नयाँ कार्य समिति गठन गरिएको छ अध्यक्ष अधिवक्ता सम बहादुर भट्ट, उपाध्यक्षमा अधिवक्ता राम प्रसाद चापागाई र अधिवक्ता विमल सापकोटा, महासचिवमा अधिवक्ता भगीरथ दुलाल, सचिवमा अधिवक्ता टेक प्रसाद कट्टेल, महिला सचिवमा अधिवक्ता मीना पहाडी, कोषाध्यक्षमा अधिवक्ता चक्र बहादुर थापा, सदस्यहरुमा अधिवक्ता विजया शर्मा, अधिवक्ता कुन्दन कुमार झा, अधिवक्ता शारदा नेपाल, अधिवक्ता राज कुमार महतो, अधिवक्ता रामकुमार सुवेदी, अधिवक्ता हुम प्रसाद खनाल, अधिवक्ता राज कुमार श्रेष्ठ र अधिवक्ता भिष्म निरौला निर्वाचित हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज