२२ वर्षमा एक मात्र दीर्घकालीन महत्वको काम अगाडि बढाउँदा पहिलो निर्णयमै भ्रष्टाचार गर्ने संस्था नै खारेज

काठमाडौं । स्थापनाको २२ वर्षमा एक मात्रै दीर्घकालीन महत्वको काम अगाडि बढाउने गरी गरेको पहिलो निर्णयमै भ्रष्टाचार भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) खारेज भएको छ ।

सरकारले एनआईटीसी खारेज गर्ने निर्णय गरेको छ। यही वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज गर्ने निर्णय गरेको हो।

यो संस्था स्थापना भएको २२ वर्षमा दीर्घकालीन महत्वको एउटै मात्र काम नेशनल पेमेन्ट गेटवेको अगाडि बढाएको थियो । यही काममा भ्रष्टाचार भएको भन्दै सुनिल पौडल र विवकल पौडेलसहितका तत्कालीन पदाधीकारीलाई अख्तितयार दुरुपयोग अनुसन्धान अयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यही संस्था बसेर भएको निर्णयले नेशनल पेमेन्ट गेटवेको काम अगाडि बढाउने महत्वपूर्ण निर्णय भएपनि भ्रष्टाचार भएको थियो । यही संस्थालाई नै सरकारले खारेज गरिदिएको छ ।

स्थापनाको २२ वर्षमा एक मात्रै दीर्घकालीन महत्वको काम अगाडि बढाउने गरी गरेको पहिलो निर्णयमै भ्रष्टाचार भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) खारेज भएको छ ।

त्यसो त चालु आर्थिक वर्ष २०८०,८१ को बजेटमा एनआईटीसी खारेज गरी यस सम्बन्धी कार्य सूचना प्रविधि विभाग (डीओआईटी) मार्फत गर्ने घोषणा गरिएको थियो।

गत माघ ९ गतेको मन्त्रिपरिषद्ले ओएनएम ९संगठन तथा व्यवस्थापन० लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेसँगै एनआईटीसीलाई डीओआईटीमा गाभ्ने प्रक्रिया अघि बढेको थियो।

बिहीबारको मन्त्रिपरिषद्को निर्णयसँगै एनआईटीसी खारेज गरेर डीओआईटीमा गाभ्ने प्रक्रियाले वैधता प्राप्त गरेको हो।

अबको नयाँ संरचना अनुसार एनआईटीसी डीओआईटीको मातहतमा रहनेछ। उक्त संरचनामा डीओआईटीको एक महाशाखाको रुपमा एनआईटीसी रहनेछ।

डीओआईटीको प्रमुखमा महानिर्देशक रहने छन् भने एनआईटीसीको प्रमुख सञ्चार मन्त्रालयको सहसचिव रहनेछन्। तर तत्कालका लागि समायोजनका काम पूर्णरुपमा सम्पन्न नभएसम्म भने मन्त्रालयको वरिष्ठ उपसचिव एनआईटीसीको प्रमुखका रुपमा नियुक्त हुनेछन्।

नयाँ संरचना अनुसार डीओआईटीमा पुराना ३५ कर्मचारीमा ४ जना नयाँ कर्मचारी थप गरेर ३९ पुर्याइएको छ। तर एनआईटीसीमा पुरानै ५९ दरबन्दीनै कायम गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज