सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्न लागेपछि भारतको विरोध

काठमाडौं । नेपाल सरकारले सय रूपैयाँको नोटमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा छाप्ने निर्णय गरेकोमा भारतले नेपालको एकतर्फी निर्णय भन्दै असन्तुष्टि जनाएको छ ।

शनिबार पत्रकारहरूसँको कुराकानीका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको भन्दै उक्त कदम प्रति असन्तुष्टि व्यक्त गरेका हुन ।

नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। भारतले उक्त भूभाग आफ्नो भएको दाबी गर्दै नेपालको उक्त कदम प्रति आपत्ति जनाएको थियो। भारत सरकारको विरोधका बाबजुद् प्रतिनिधि सभाले जेठ ३१ गते नक्सा अनुसारकै निशान छाप बनाउने प्रस्ताव पारित गरेको थियो ।

विदेशमन्त्री जयशंकरले यसलाई नेपालको एकतर्फी निर्णय भन्दै अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने बताए । पत्रकारहरुसँग उनले भने, ‘हामी स्पष्ट छौं। नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको छ। दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा नेपालले एकतर्फी निर्णय गरे ।

बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको समेत दिइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज