कांग्रेस सर्वोच्च अदालत जाने

कास्की । आइतबार गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत असंवैधानिक भन्दै कांग्रेसले यसको विरोध गरेको छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको भनेर सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा घोषणा गरेका थिए ।

आइतबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकोमा पक्षमा एमालेका २२, माओवादीका ७ र दीपक मनाङे गरी ३० जनाले समर्थन जनाएका थिए । त्यसमा आफू पनि निर्णायक बनेर सभामुखले अधिकारीलाई मत दिएका थिए । विपक्षमा नेपाली कांग्रेसका २७ सांसदले मतदान गरे भने राप्रपाका २ जना तटस्थ बसेका थिए ।

६० सदस्यीय प्रदेश सभामा ३१ जना बहुमत पुग्नुपर्ने संवैधानिक व्यवस्था नै छ । बहुमतका लागि ३१ सांसदको मत आवश्यक भएपनि मुख्यमन्त्री अधिकारीले ३० जनाको मात्रै समर्थन पाएका थिए । प्रदेशसभाका सभामुख धितालले कांग्रेसको अवरोधका बीच सर्वोच्च अदालतको फैसला बमोजिम मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गरेको भन्दै घोषणा गरेका थिए ।

प्रदेशसभाको बैठक लगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको भनि गरिएको घोषणा असंवैधानिक भन्दै कानुनी उपचारमा जाने बताएको छ । प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै बहुमत पाउन नसकेका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी सभामुखले गरेको घोषणा पूर्ण रुपमा असंवैधानिक र संसदीय अभ्यास विरुद्ध रहेको बताएका छन् ।

अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।विज्ञप्तिमा ‘संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुरूप प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत मत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी मा। सभामुखले असंवैधानिक तबरबाट मुख्यमन्त्री मा। खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी गर्नुभएको घोषणारनिर्णय पूर्ण रूपमा असंवैधानिक, संसदीय अभ्यास र परम्पराविरुद्ध छ भनिएको छ ।

सभामुखजस्तो जिम्मेवार भूमिकाबाट दलीय पक्षधरताको आधारमा कसैलाई सत्तामा पुर्‍याउनका लागि संविधानको खिलापमा कार्य हुनु दुःखद भएको कांग्रेसले जनाएको छ ।

सम्बन्धित समाचार: 

सभामुखले समेत दिए मुख्यमन्त्रीलाई मत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज