सिधाकुरा डटकमका प्रकाशक, सम्पादक सहित श्रोत तिमिल्सिनालाई तारेख, अन्य ७ जनालाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनका प्रकाशक, सम्पादक र श्रोतका रुपमा सामग्री उपलब्ध गराउने राजकुमार राजकुमार तिमिल्सिनासँग बयान सकेर उनीहरूलाई तारेखमा राखेको छ । भने उक्त प्रकरणमा जोडिएका अन्य ७ जनालाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासले तिमिल्सिनाको बयान सकेसँगै तीनै जना प्रत्यार्थीहरुलाई आफै उपस्थित हुनेगरि तारेखमा र अन्य ७ जनालाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । 

अदालतले विवादित श्रव्यदृश्य सामग्रीमा उल्लेख भएका र प्रत्यार्थीले बयानका क्रममा नामलिएका अन्नपूर्णपोष्ट दैनिकका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्णपोष्टका पत्रकार सुरेन्द्र काफ्‍ले, तत्कालीन एसपी सञ्जय थापा र किशोर विष्टलाई प्रतिवेदन र बयानका प्रतिलिपि पठाइ सो सम्बन्धमा के कसो भएको हो ७ दिन भित्र लिखित भनाई पेश गर्न भनेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ सँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको जनाउँदै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो । अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो–भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गर्नुभएको थियो ।
सोही आधारमा यही वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज