काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै मंंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा असंवैधानिक तरिकाले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गर्दै रिट दायर गरेका हुन ।
रिटमा कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।
मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए । प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
६० सदस्यीय प्रदेश सभामा ३० मत अधिकारीले पाएका थिए । बुहमत पुग्नका लागि ३१ मत हुनुपर्ने कांग्रेसको तर्क छ । तर प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेशअनुसार भन्दै ३० मतले नै बहुमत पुग्ने गणना गरेका थिए । उनले बराबरी भएको अवस्थामा सभामुखले मत दिन पाउने अधिकार समेतको ख्याल गर्न भन्दै उनले अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गरेका थिए । सभामुखले यसरी गरेको घोषणा कपटपूर्ण भएको पाण्डेको रिटमा दाबी गरिएको छ ।
यस्तो छ रिटको पूर्णपाठ: