सहकारीको बचत अपचलनसम्बन्धी छानबिनका लागि संसदीय छानबिन समिति बनाउनु पर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समितिको पुरानै माग दोहोर्‍याउँदै यस्तो अडान राखेको हो

नेपाली कांग्रेसले अघिल्लो अधिवेशनदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत सहकारीको बचत अपचलनमा जोडिएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आइरहेको छ । तर सत्तारुढ दल संसदीय समिति बनाउन तयार नभएपछि संसद्को अधिवेशन नै अन्त्य गरिएको थियो । बजेट अधिवेशन सुरू हुन लागेकाले कांग्रेसले आफ्नो पुरानो अडान कायम राखेको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुले संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा गरेको बताउँदै भने, एउटा व्यक्ति मात्र होइन देशको उपप्रधान तथा गृहमन्त्रीमाथि उठेकोले समिति आवश्यक रहेको बताए । उनले भने, सहकारीको बारेमा कुरा उठेपछि यसबारे स्पष्ट हुनु रविजीका लागि पनि राम्रो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज