विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त गरेका छन् । बिहीबार प्रदेश प्रमुख खापुङले कार्कीलाई नेपालको संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त कार्की झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन । कार्की नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।