काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले इन्टर्नसिप गर्न इच्छुक नवोदित कानून व्यवसायीका लागि निवेदन आव्हान गरेको छ । परिषद्ले विहीबार एक सूचना सार्वजनिक गर्दै अधिवक्ता तहको ३१ औं परीक्षाबाट उत्तीर्ण भएका नवोदित कानून व्यवसायीहरूलाई विभिन्न न्यायिक निकाय, कानून व्यवसायीहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको कार्यालयमा इन्टर्नसिपको लागि निवेदन आव्हान गरेको हो ।
सूचना अनुसार नवोदित कानून व्यवसायीहरूलाई त्यस्ता कार्यालयहरूमा ३ महिनाको लागि इन्टर्नसिप गर्ने व्यवस्था मिलाइने छ । इन्टर्नसिप गर्न इच्छुक नवोदित कानून व्यवसायीहरूले जेठ १० गतेसम्म परिषद्मा निवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । यसका लागि परिषद्को इमेल [email protected] मा समेत निवेदन पठाउन सकिने छ ।