काठमाडौं । १६औं अखिल नेपाल कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्रमकावीच राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।
नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ ।
यस अगाडि बिहान बार एशोसियसनको कार्यालयबाट निस्किएको प्रभातफेरी माइतिघर सुन्धारा, जमल घण्टाघर हुँदै कमलादीस्थित प्रज्ञाभवनमा पुगेको थियो ।