बहस नसकिएपछि गण्डकी प्रदेश सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतविरुद्ध परेको मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।

नेपाली कांग्रेसले वैशाख २५ गते मुख्यमन्त्री अधिकारीले लिएको विश्वास मतविरुद्ध सर्वोच्चमा रिट दिएको थियो ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज