वकालत पवित्र पेशा हो, राजनीतिको गोबर नदलः वरिष्ठ अधिवक्ता डा.युवराज संग्रौला 


काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा नेपाल बार एशोसियसनले निकालेको विज्ञप्ति प्रति अहिले खासगरी कानून व्यवसायीहरुबाटै विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । प्रहरीले उनलाई नागरिकताको प्रकरणमा पक्राउ गरेको छ । तर कान्तिपुरले सहकारी प्रकरणका बारेमा निरन्तर समाचार लेखेको र गृहमन्त्री रबि लामिछानेको समेत नाम जोडिएपछि रिसइबी साँध्न सिरोहियालाई पक्राउ गरिएको एकथरिको आरोप छ । सिरोहिया पक्राउ प्रकरणका बारेमा विभिन्न संघ संस्थाका विभिन्न विज्ञप्तिहरू आइरहेका छन् । यसै सन्दर्भमा कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसियसनले समेत बुधबार एक विज्ञप्ति जारी गरेको छ । नेपाल बार एशोसिएसनले जारी गरेको यो विज्ञप्तिले कानून व्यवसायीको क्षेत्रमा तरंग ल्याएको छ । यसैबीच वरिष्ठ अधिवक्ता डा. युवराज सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा बारको विज्ञप्ति प्रति लक्षित गर्दै कसैलाई अनुसन्धान गर्दा वक्तव्य निकाल्ने किन भन्दै प्रश्न गर्नुभएको छ । हेरौं उहाँको प्रतिक्रिया: 

१. कानुन व्यवसायीले लोकतन्त्रको पक्ष लिने हो। कानुन व्यवसायीले पक्षको तर्फबाट वकालत गर्ने हो। कसैलाई अनुसन्धान गर्दा वक्तव्य निकाल्ने किन  ? एउटा प्रवृत्ति देखिएको छ “वकिलले जे गर्न पनि हुन्छ।” यो पवित्र पेशालाई राजनीतिको गोबर नदल

२. मिडियाले जे गर्न पनि हुन्छ भन्ने कथन अर्को खतरनाक प्रवृत्ति जन्मिएको। मिडिया मालिकको ब्यापार र छट्टु धन्दा बनेको छ। नैतिक पत्रकारहरूले पेशा छोड्नु वा मिडिया शुद्धिकरणको लडाइ शुरु गर्नुपर्ला। बारमा त राजनीतिक सङ्गठनका विरुद्ध आवाज बुलन्द भैसक्यो।

३. सत्तामा पुगेर पद र पद लिएर जनतालाई धोका अर्को व्यापार मौलायो। देशमा निरङ्कुशताको बीउ देखिन थाल्यो। बाहिर हेर्दा लोकतन्त्र तर भ्रष्टाचार को बिगबिगी। निरङ्कुशताको बीउ भ्रष्टाचार हो। देशमा अहिले अमेरिकी एजेन्ट र भारतीय एजेन्टको प्रतिस्पर्धा देखिन थाले जस्तो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज