काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । आयोगको आइतबार बसेको बैठकले तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको हो ।
सरकारी वकिल समूहका कामू नायव महान्यायाधीवक्ता खेमराज ज्ञवाली महान्यायाधीववक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधीवक्तामा बढुवा भएका छन।
त्यसैगरी सर्वोच्च अदालतका सह(रजिष्ट्रार यमबहादुर बुढामगर न्याय परिषदको सचिवमा र न्यायपरिषदका कामू सचिव भद्रकाली पोखरेल सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा भएका हुन् ।