काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय भनेको रास्वपाको भ्रातृ संस्था हो भन्दै प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले गृहमन्त्रीको रवि लामिछानेको बचाउमा महान्यायाधिवक्ताको कार्यालयले देखाएको सक्रियतालाई इंगित गर्दै यस्तो प्रश्न गरेका हुन ।
सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्रीको रवि लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयले छानबिन गर्नु नपर्ने भनेर पत्र दिएकोमा शर्माले अपत्ति जनाए । उनले भने, महान्यायाधिवक्ताको कार्यालय भनेको रास्वपाको भ्रातृ संस्था हो ? कि यो गृहमन्त्रालयको शाखा हो ? कहिले २ वटा पासपोर्ट प्रकरणमा छानविन गर्नु पर्दैन भनेको छ। कहिले सहकारीको ठगीमा संलग्न हुनुहुन्न भनेको छ। त्यो संवैधानिक इजलास हो ?