काठमाडौं । उपेन्द्र यादवको रिटमा आउने फैलालाई गम्भिरताका साथ माधव नेपालले हेरिरहेका छन् । अहिले गठबन्धनमा अविश्वास चलिरहेकै बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएपछि माधव थप तर्सिएका छन् ।
जसका कारण चाहना नभए पनि एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत दिनुका साथै नीति तथा कार्यक्रम समेत प्रतिनिधि सभाबाट पारित गर्न मौन समर्थन जनाएको देखिन्छ ।
विश्वासको वातावरण नबने पनि यसबाट बाहिरिन वर्तमान गठबन्धनभित्रको संकटलाई पर्खिनुको विकल्प एकीकृत समाजवादीसँग छैन । त्यसका लागि ‘टर्निङ प्वाइन्ट’ बन्ने अपेक्षासहित एकीकृत समाजवादी यतिबेला उपेन्द्र यादवको रिटमा सर्वोच्च अदालतको फैसलाको ब्यग्र प्रतीक्षामा छ ।
उपेन्द्र यादवले आफ्नो दल फुटाएर जाने अशोक राईसहितका सांसदहरुको नयाँ दल दर्ता गरिदिने निर्वाचन आयोगको निर्णय गैरकानुनी भएको भन्दै बदर गर्न माग गरेर सर्वोच्च अदालतमा रिट दिएका थिए ।
अदालतले तत्कालका लागि पार्टी विभाजनको प्रक्रियालाई यथावत राख्न भने पनि अन्तरिम आदेश दिएको छैन । उपेन्द्रले विभाजनको पक्षमा उभिएका सांसदहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिन रोक लगाउनू भनेर अर्को रिट पनि हालेका थिए ।
सर्वोच्च अदालतले दुईवटै रिटको सुनुवागइका लागि १४ जेठमा पेशीको मिति तोकेको छ । निर्वाचन आयोगले मान्यता दिएको उपेन्द्रको पार्टी विभाजनलाई अदालतले बदर गरिदिएको खण्डमा वर्तमान सत्ता गठबन्धन संकटमा पर्ने र नयाँ गठबन्धन निर्माणमा सहज हुने निष्कर्षमा माधव छन् ।