काठमाडौं । जिल्ला अदालतको मिति २०८१।०२।११ को आदेशबाट नरगरप्रमुख मिठाराम अधिकारीलाई जेल सजाय हुने भन्दै प्रचार भएको समाचारले नकारात्मकता बढाएको बुढानिलकण्ठका मेयरले बताएका छन् ।
उनले सोमबार एक प्रेस विज्ञप्ति नै जारी गरेर बुढानीलकण्ठ नगरपालिकाको कार्यालय, नगर प्रमुख र जनप्रतिनिधिहरुको समेत मानमर्दन हुने गरी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक अर्थ दिने गरी प्रकाशित,प्रसारित समाचारप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
साविकमा कपन गासिव वडा नं ३ हाल बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा पर्ने किनं १८० जग्गा २०२१ सालको नापीको समयदेखि नै सार्वजनिक जग्गाको रुपमा कायम रहेको थियो ।
सो जग्गामा बुढानीलकण्ठ नगरपालिकाको मिति २०७६ र ११ र १६ गतेको नगरसभाको निर्णयले नगर अस्पताल बनाउने निर्णय भए बमोजिम नगर अस्पतालको पूर्वाधारको निर्माण कार्य सुरु भएकोमा कोभिड ( १९ को महामारीले देशै आक्रान्त भएको अवस्थामा सो जग्गामा तत्कालको लागि क्वारेन्टईन (आईसोलेशन सेन्टर)बनाउने गरी मिति २०७७,०२,२६ गते नगर कार्यपालिकाको बैठकले निर्णय गरेको नगरको भनाइ छ । उक्त निर्णय बमोजिम उक्त जग्गामा क्वारेन्टाईन (आईसोलेशन सेन्टर) निर्माण भएको र हाल सो जग्गामा नगर अस्पताल सञ्चालनमा रहेको दाबी नगरपालिको छ ।
सो जग्गा मध्ये केही जग्गामा जग्गाधनिमा श्री पशुपती गुहेश्वरी सदावर्त गुठी तथा मोही चन्द्र बहादुर थापा र चन्द्र कुमारी थापा समेतको संयुक्त नाममा कायम रहेको भनि निजहरुले नगरपालिकालाई विपक्षी बनाई खिचोला मेटाई, घर टहरा, संरचना भत्काई हटाई चलन चलाई क्षतिपूर्ति समेत दिलाई पाउँ भनि अदालतमा मुद्दा दर्ता गरेको सम्बन्धमा सो जग्गा बुढानीलकण्ठ नगरवासीको हितलाई ध्यानमा राखी सार्वजनिक प्रयोजनका लागि नगरपालिकालाई नै अत्यावश्यक भएको हो।
यसो जग्गा आवश्यकताको सिद्धान्त बमोजिम कानूनको सम्मान गर्दै नगर अस्पतालको लागि उक्त जग्गा नगरपालिकाकै हक स्वामित्वमा रहने गरी सम्बन्धित निकायहरुमा आवश्यक प्रकृया सुचारु गर्ने र निजलाई वैकल्पिक व्यवस्था गर्ने भनि पटक पटक नगरपालिकाका जनप्रतिनिधिहरु सहित निजहरुसँग नगरपालिकाको सभाहल, सम्मानित अदालत लगायत विभिन्न निकायहरुमा छलफल भइ समस्याको निराकरणका लागि पहल भइरहेको थियो ।
यही विषयमा काठमाडौं निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य, काठमाडौं निर्वाचन क्षेत्र नं ४ (ख) का वागमती प्रदेशसभा सदस्य र नगरपालिकामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरु समेतको उपस्थितिमा मिति २०८०,०८,१४ गते नगर अस्पताल रहेको जग्गामा संयुक्त बैठक वसी समस्याको समाधान गर्ने निर्णय भएको र सोही निर्णयानुसार नगरपालिकाको तर्फबाट आवश्यक कार्यहरु भईरहेको नगरको भनाइ छ ।
नेपालको संविधान बमोजिम यस नगरपालिका तिन तह मध्येको एक स्थानीय तहको सरकार हो । स्थानीय सरकार सदासर्वदा नागरिकको हकहित सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्द्धनमा सदैव लागि रहने नै छ । नगरपालिका अदालतको आदेश फैसला मात्र नभई कानून र कानूनको परिपालनाको सम्मान गर्दछ ।
यस विषयलाई लिएर सम्मानित काठमाडौं जिल्ला अदालतले मिति २०८१, २,११ गते गरेको आदेश उपर नगरपालिकाले कानूनी बाटो अवलम्बन गर्ने हक सुरक्षित नै रहेको हुँदा नगरपालिका विरुद्ध सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित भ्रमपूर्ण अवस्था सृजना हुने गरि प्रसारितरप्रचारित नकारात्मक सन्देश प्रवाहलाई लिएर विचलित नहुन, नकारात्मक टिकाटिप्पणी नगर्न नगराउनहुन सबै नगरवासीहरुलाई नगरपालिकाको तर्फबाट हार्दिक अपिल सहित यो विज्ञप्ति जारी गरिएको बुढानीलकण्ठका नगरप्रमुख मिठाराम अधिकारीले उल्लेख गरेका छन् ।
यस्तो छ, मिठारामको प्रेस विज्ञप्ति