काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध कृष्ण विकसहितले रिट दायर गरेका थिए ।