नक्कली प्रमाणपत्रका आधारमा स्थायी जागिर, अनिवार्य अवकाशपछि भ्रष्टाचार मुद्दा

काठमाडौं । शिक्षकको स्थायी जागिर खाएर अवकाश पाएका भीमकुमार डिसी विरुद्ध विशेष अदालतमा मुद्दा भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा अख्तियार दुरुपयोय अनुसन्धान आयोगले शिक्षक डिसी विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

श्री प्राथमिक विद्यालय, गोलटाकुरी दाङमा कार्यरत शिक्षक डिसी नेपाल सरकारको स्थायी शिक्षकको रूपमा २०५० असारमा सेवा प्रवेश गरेका थिए । उनले प्रावि द्वितीय श्रेणीबाट अनिवार्य अवकाश पाएका थिए । डिसीले माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अख्तियारले दाबी गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज