धनुषा । मधेस प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा अधिवक्ता सुरेन्द्रकुमार महतो नियुक्त हुनुभएको छ । उक्त पदबाट वीरेन्द्रकुमार ठाकुरले दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महतोलाई बुधबार मुख्यन्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।
मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मुख्यन्यायधिवक्तामा महतोलाई नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम सबैला नगरपालिका(६ स्थायी ठेगाना भएका महतोलाई जेठ ३० गते मधेस प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको जानकारी प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि मुख्यन्यायाधिवक्ताको जिम्मेवारीमा रहनुभएको वीरेन्द्रकुमार ठाकुरले राजीनामा दिनुभएको थियो । सरकार फेरिएपछि ठाकुरले पदबाट राजीनामा दिनुभएको हो ।