संवैधानिक परिषद्‌द्वारा निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ।

रिक्त एक निर्वाचन आयुक्तको पदमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय भएको हो । निर्वाचन आयुक्त सिफारिस भएका प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ हुनेछ । त्यसपछि मात्रै उनको नियुक्ति हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज