निमित्त मुख्यसचिवको जिम्मेवारीमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौला

काठमाडौँ — मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्तौला निमित्त मुख्यसचिवको जिम्मेवारीमा आएकी छिन् । कार्यसम्पादन नियमावली अनुसार मुख्य सचिव रिक्त भएमा स्वतः वरिष्ठ सचिवले निमित्त पाउने व्यवस्था अनुसार गड्तौला निमित्त मुख्यसचिवको जिम्वेवारीमा आएकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता हुनासाथ मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन् । नेपालको निजामती इतिहासमा बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको यो सम्भवतः पहिलो घटना हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज