असई थमन विकको हत्या प्रकरणमा ८ वर्षपछि पूर्व प्रदेश सांसद यादव पक्राउ

धनुषा । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सशस्‍त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा प्रहरीले मधेस प्रदेशका पूर्वसांसद कौशलकुमार यादवलाई पक्राउ गरेको छ।

पक्राउ परेका यादवलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको छ । २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो । यादवमाथि असई विकको हत्या गरेको अभियोग लागेको छ । थमन विकको हत्याको अनुसन्धान गरी प्रहरीले २८ जनाविरूद्ध २०७५ साउन २८ गते कर्तव्यज्यान मुद्दामा दर्ता गरेको थियो। घटना भएको ८ वर्षपछि यादव पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महोत्तरीको पोखरभिन्डामा यादवले चलाइरहेको गाडी दुर्घटनामा परेको र दुर्घटनामा परेको गाडीसहित भाग्न खोज्दा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो ।

यादवको मुद्दा जिल्ला अदालतले मुल्तवीमा राखेको छ । जिल्ला अदालतले उक्त मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्म कैदको सजाय तोकेको छ । हाल उनी फरार छन् । त्यसैगरी उक्त मुद्दामा जिल्ला अदालतले प्रदिप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३ (३) नं. बमोजिम कसुर गरेकोले सोही १३ (३) बमोजिम जनही जन्म कैद सजायको फैसला सुनाएको छ ।

जन्म कैद सजाय पाएका ७ जनामध्ये प्रदिप र संजय ८ वर्षदेखि थुनामा छन् भने जिल्ला अदालतले सजया तोकेका अन्य फरार रहेका छन् । यो मुद्दामा नेकपा एमालेका प्रतिनिधि साभा सदस्य लक्ष्मी महतो कोइरी जिल्ला अदालतबाट सफाइ पाइसकेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज