संविधान स‌शाेधन गर्ने सहमतिमा कांग्रेस एमाले सरकार बन्दै, किन मिलेन प्रचण्डसँगको गठबन्धन ?

काठमाडौं । संविधान स‌शाेधन गर्ने सहमतिमा कांग्रेस एमालेले सरकार बनाउने भएका छन् । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ ।

सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

दुई दलबिच भएको वार्तामा सहभागी का‌ंग्रेस नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफल जुटेका छन्।

हिजोको भेटमा ओलीलाई आफूले प्रधानमन्त्री बन्ने भए यही गठबन्धनबाट बन्नुस् भन्दा नमानेको पार्टीका नेताहरुसँग ब्रिफिङ गरेका हुन्।

प्रचण्डको भनाइ उदृत गर्दै सचिव दिनानाथ शर्माले भने, ‘ओलीजीलाई यही गठबन्धनबाट अध्यक्षले प्रधानमन्त्री आफैं हुनुस् भन्नुभएको थियो। हाम्रै समर्थनमा बन्नुस् भन्दा म कांग्रेससँग मिलेर जान्छु भन्नुभयो।’

हिजो बेलुकासम्म ओलीले प्रधानमन्त्रीलाई गठबन्धन टुट्दैन भन्नेमा विश्वास दिलाएर फर्केको उनले सुनाए।

‘ओलीलाई प्रधानमन्त्री दिएर भएपनि जोेगाउनुपर्छ भन्नमा हुनुहुन्थ्यो। ओलीजीले राति १२ बजे सहमति गर्नुभयो। यो राजनीतिक अस्थिरता बढाउने खेल हो’ सचिव शर्माले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज