काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मंगलबार न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको छ । प्रहरीले थापालाई गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।
प्रतिक पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा हुन ।