काठमाडौँ । काठमाडौंमा जारी नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको छ ।
समाजवादीको अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गर्दै आएका थिए । सर्वसम्मतरुपमा नेतृत्व चयन गर्न सहमति जुटेपछि अध्यक्षमा पुनः नेपाल र महासचिवमा पुभुसाल दोहोरिएका हुन् । महाधिवेशनले पार्टीको सम्मानित नेतामा झलनाथ खनाललाई निर्वाचित छ । अन्य पदाधिकारीलाई पनि सर्वसम्मत गर्न छलफल भइरहेको बताइएको छ ।
महाधिवेशनले २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय कमिटीमा प्रत्येक जिल्लाबाट १ जना, प्रदेशअन्तर्गतका २५०० संगठित पार्टी सदस्य बराबर १ जनाका दरले थप हुने, समावेशी क्षेत्रबाट (महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक र अपाङ्गता) ७० जना र पदाधिकारीसहितको खुल्ला क्षेत्र ८० जना चयन हुने पार्टीले जनाएको छ ।