तत्कालका लागि वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने मन्त्रिपरिषदको निर्णय तत्काल लागु नहुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को बैठकले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि सरकारले राजपत्रमा एक सूचना प्रकाशित गरी सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न नेपाली नागरिकता प्रमाणपत्रको सट्टा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज