धारा (७६) (२) बाटै ओली प्रधानमन्त्री हुने, धारा ७३ (३) बाट हुनपर्ने भन्दै माओवादी र रास्वपाको असन्तुष्टि

काठमाडौं । संविधानको धारामा चर्को बहसकाबीच ७६ (२) बाटै ओली प्रधानमन्त्री हुने भएका छन् । संविधानको धारा (७६) (३)बाट हुनपर्ने भन्दै माओवादी र रास्वपासहितका कानूनका व्याख्याताको असन्तुष्टिकाबीच  नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई प्रधाानमन्त्री नियुक्त गर्ने भएका छन् ।

संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठन गर्न एमाले कांग्रेसको माग अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने भएका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । साेही आह्वानका आधारमा ओलीले शुक्रबार  नै कांग्रेसको समर्थनमा १६६ सांसदकाे समर्थन भएको‍ भन्दै दाबी पेस गरेका थिए ।

दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।

यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ (२)अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।

संविधानतः धारा ७६ (२)अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएका प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएपछि धारा ७६ (३) अनुसार संसदमा सबैभन्दा ठूलो दलले प्रधानमन्त्री दाबी गर्नुपर्ने हुन्छ । यो व्यवस्था अनुसार ओली प्रधानमन्त्री नभएर नेपाली कांगेसका सभापति शेरबहादुर देउजा प्रधानमन्त्री हुनुपर्ने तर्क कानूनविदहरुको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज