विशेष अदालतमा ६ महिनाभन्दा पुराना भ्रष्टाचार मुद्दा फर्छ्यौट

काठमाडौँ । विशेष अदालतले पछिल्लो समय भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणसम्बन्धी द्रुत गतिमा मुद्दाको फर्छ्यौट गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवरसहितको टिमले यो आर्थिक वर्षमा ५०३ वटा मुद्दाको फर्छ्यौट गर्दै ६ महिनाभन्दा पुराना सबै मुद्दाको टुङ्गो लगाएको छ ।

कानुन विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा महिनाभित्रै टुङ्ग्याउनुपर्ने व्यवस्था थियो । विगतमा लामो समयसम्म मुद्दा नटुङ्गिने प्रचलन अन्त्य भएको छ । ‘अब हामीसँग छ महिनाभन्दा पुराना कुनै मुद्दा छैनन्,’’ विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले भने ।

काठमाडौंको बबरमहलमा रहेको विशेष अदालतले जसरी मुद्दाको टुङ्गो लगाएको छ, त्यसैगरी कार्यालय पनि स्मार्ट बनाएको छ ।
जताजतै बिग्रेका गाडी, फोहोरको डंगुर, न सेवाग्राही बस्ने स्थान छ, न त पिउने पानी । क्यान्टिनको वरिपरि सबैतिर फोहोर फोहोर । वरिपरि त थियो नै इजलास प्रवेश गर्ने गल्लीसमेत त्यस्तै । करिब ७ महिनाअघिसम्म काठमाडौंको बबरमहलमा रहेको विशेष अदालत परिसरमा देखिने दृष्य थियो, यो ।

तर यतिखेर तपाईं फरक देख्नुहुनेछ । विशेष अदालत प्रवेश गर्नासाथ जताजतै फूलैफूल, सफा, चिटिक्क । सेवाग्राही पिउने पानी, बस्ने बेञ्च लगायतका सुविधा । बाहिरी भागमात्रै होइन भित्रबाट हुने काम पनि त्यस्तै द्रुत गतिमा सम्पन्न भएका कारण ६ महिनाभन्दा पुराना सबै मुद्दाको टुंगो लगाइएको कुँवर बताउछन्

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज