स्वास्थ्यमन्त्री पौडेलले गरे ९ बुँदे निर्णय, ओपीडी सेवा दुई सिफ्टमा चलाउन निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूको सेवा प्रभावकारी बनाउन दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने लगायत ९ बुँदे निर्णय गरेका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरूसँगको छलफलपछि मन्त्री पौडेलले सो निर्णय गरेका हुन् ।

निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरूमा परिपत्रसमेत गरिसकेको छ ।
परिपत्रको पहिलो बुँदामै अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ । यसका लागि सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाउनु पर्ने भनिएको छ । यस्तै, परिपत्रमा विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम सेवा लागू गर्न पनि भनिएको छ ।

यस्तै, अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन , टोकन नम्बर अनुसारको समय जानकारी गराउने  विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज