कानून अनुसार घुस दिनेसमेत दोषी, घुस दिने संसाद महतोलाई तीन महीना कैद सजाय गर्न सकिने

काठमाडौं । कानून अनुसार घुस दिनेसमेत दोष हुन्छन् । सांसदले संसदबाटै घुस दिएको सार्वजनिक गर्नु कानून विपरित हो । जनता समाजवादी पार्टी (जसपा)का सांसद तथा पूर्व मन्त्री वीरेन्द्र महतोले आइतबारको प्रतिनिधि सभा बैठकमा रोस्टममै उभिएर पाँच हजार रुपैयाँ घूस दिएको खुलासा गरे। बैठकमा उनले भने, “म भूपू मन्त्री, मैले नै हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घूस दिएर आएको छु।”

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी प्रस्तावमा आफ्नो धारणा राख्ने क्रममा महतोले बिचौलिया मार्फत घूस खुवाएको बताएका हुन्। “म आफैं गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भने, त्यसपछि चिया खाने समय भयो भन्दै बाहिर गए, ४ बजेसम्म कुरें, कर्मचारी आएनन्, म गएर बिचौलियालाई पाँच हजार दिएँ, पाँच मिनेटमा काम भयो,” उनले भने।

पूर्व मन्त्री महतोले देश भ्रष्टाचारमा लिप्त रहेको सन्दर्भमा यस्तो धारणा राखेका थिए। तर कानूनतः घूस लिने मात्रै होइन, दिने सांसद महतो पनि कारबाहीको भागीदार बन्ने देखिन्छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ मा रिसवत (घूस) लिने, दिने खुबैलाई सजाय सम्बन्धी प्रावधान छ। दफा ३ को उपदफा १ मा रिसवत लिइसकेको भए रिसवत जफत हुने र २५ हजार रुपैयाँसम्म रिसवत लिनेलाई तीन महीनासम्म कैद सजाय हुने प्रावधान छ।

सोही दफाको उपदफा ३ मा घुस दिनेलाई पनि कारवाहीको प्रावधान छ। यो प्रावधान अनुसार सांसद महतोलाई तीन महीनासम्म कैद सजाय हुन सक्ने देखिन्छ।

यस्तो छ कानूनी व्यवस्था 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज