काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । रनवेमा चिप्लिँदा आगो लागेको हो ।
विमानस्थल प्रहरीका डीआईजी रामदत्त जोशीका अनुसार जहाज काठमाडौंबाट उड्न लागेको थियो ।
डीआइजी जोशीका अनुसार अन्य विवरण आएको छैन् । विमानमा आगो लागेको छ । निभाउने प्रयास जारी छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो । बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।
जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको हो ।